Comments Add Comment

Advertisment

SKIP THIS

घाँटीमा गुच्चा अड्किएर एक बालकको मृत्यु

२३ पुष , काठमाडौं । मकवानपुरको एक बालकको घाँटीमा गुच्चा अड्किएर मृत्यु भएको छ ।

प्रहरीका अनुसार शुक्रवार साँझ मनहरी गाउँपालिका-९ ज्यामिरेमा भारतको जम्भुकटुवा घर भएर हाल मनहरीको ज्यामिरेमा सिलौटाको बस्ने राम कुमार दासको छोरा ५ वर्षीय राम दासले खेल्ने क्रममा मुखमा गुच्चा अड्किएपछि मृत्यु भएको हो ।

बालकको घाँटीमा गुच्चा अड्किएपछि सास फेर्न असहज भएपछि उपचारको लागि चितवन स्थित भरतपुर सरकारी अस्पतालमा पुर्‍याइएको थियो । अस्पताल पुर्‍याउन साथ डाक्टरले बालकलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै