Comments Add Comment

बसको ठक्करबाट एक बालकको मृत्यु

१८ मंसिर , काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११, मझुवामा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार लु१क १५७९ नम्बरको बसले आज बिहान करिब सवा १० बजे बाटोमा खेल्दै गरेका बालकलाई ठक्कर दिदा स्थानीय गोविन्द खत्रीका १५ महिने छोरा बिहानीको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । सो बससहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment

छुटाउनुभयो कि? सबै

ट्रकको ठक्करबाट एक बालकको मृत्यु

ढुङ्गाले च्यापेर एक बालकको मृत्यु

नहरमा डुबेर एक बालकको मृत्यु