१४ मंसिर , काठमाडौ । बाजुरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको हिमाली गाउँपालिका-६ धुलाचौर बजार नजिकै बिहीबार भएको दुर्घटनामा मुगुको खन्याड गाउँपालिका-९ का २७ वर्षीय मदन सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
धुलाचौरबाट कोल्टीतर्फ जाँदै गरेको लु १ ज ४८२९ नम्बको बोलेरो जीप दुर्घटना हुँदा बाजुराको गौमुल गाउँपालिका-३ का १८ वर्षीय वसन्त धामी घाइते भएका जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोरसिंह ऐरीले जानकारी दिए ।
जीप चालक मुगु गाउँपालिका-९ का दलबहादुर लावणलाई प्रहरी नियन्त्रणमा लिएको ऐरीले बताए ।





