
१० फाल्गुन ,काठमाडौ । बाजुरामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।
जिल्लाको बुढीगंगा नगरपालिका– ८ मोटाबाडामा बिहेको निम्तोमा गएका दुई समूहबिचको झडपमा घाइते भएका डुग्रीतोलाका अन्दाजी २९ वर्षीय रणबहादुर थापाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार गएराति बिहेको निम्तो खान गएका दुई समूहबिच दोहोरो झडप भएको थियो । झडपमा परी थापा घाइते भएका थिए।
अछामको बयालपाटा अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । आरोपित तीन जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याई घटनाबारे सोधपुछ तथा अनुसन्धान भइरहेको छ।