Comments Add Comment

Advertisment

SKIP THIS

थप यति संख्यामा आज नेपाली ईपिएस श्रमिक कोरिया उड्दै (तस्बिरहरु)


३ माघ , काठमाडौँ । रोजगार अनुमति प्रणाली “ईपिएस” अन्तर्गत दक्षिण कोरिया नेपाली श्रमिक लैजाने प्रक्रिया निरन्तर अगाडि बढिरहेको छ ।कोभिड १९ का कारण २० महिनापछि नेपाली श्रमिक कोरिया जाने प्रक्रिया १० कात्तिकबाट सुरु भएको थियो ।हालसम्म बिभिन्न ७ वटा चरणमा सातसय हाराहारीमा नियमित र प्रतिबद्ध तर्फ कामदारहरु कोरिया प्रवेश गरेका छन् ।

सोहि क्रमलाई निरन्तरता दिदै आज बेलुका ७:३० बजे ९१ जना नियमित र प्रतिबद्ध कामदारहरु कोरिया तर्फ प्रस्थान गर्दै छन् ।

कोरियाले अब प्रत्येक साता श्रमिक लैजाने प्रतिबद्धता गरेको वैदेशिक रोजगार विभागले जनाएको छ। विभागका अनुसार अवस्था सामान्य रहेमा सातामा करिब दुई सयजना श्रमिक कोरिया जान पाउनेछन्।

यसैगरी आगामी फेब्रुअरी बाट नै (नेपाल – कोरिया) हप्ताको दुई उडानको लागि पहल भईरहेको श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ सोमबार जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै