हुन्डी कारोबारमा संलग्न रामबाबुलाई ७ लाख पैसा र बैंकको चेकसहित पर्सा प्रहरीले पक्राउ -
Comments Add Comment

हुन्डी कारोबारमा संलग्न रामबाबुलाई ७ लाख पैसा र बैंकको चेकसहित पर्सा प्रहरीले पक्राउ

पर्सा । पर्सा प्रहरीले हुन्डी कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।

करिब ७ लाख रुपैयाँ र विभिन्न बैंकका चेक बुकसहित वीरगन्ज-१६ बस्ने रामबाबु साह कलवारलाई वीरगन्जबाट पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा वीरगन्ज महानगरपालिका-१६ दुर्गाहल पछाडिको गल्लीमा एक जना शंकास्पद रूपमा हिँडिरहेका कलवारलाई चेक गर्दा ६ लाख ८२ हजार रुपैयाँ बरामद गरेको थियो।

कलवारले बोकेको झोलाबाट प्रहरी नेपाली रुपैयाँसहित प्रतिबन्धित ५ सय का २८ हजार भारतीय रुपैयाँसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।

कलवारको साथबाट विभिन्न बैंकका १९ थान चेकबुकसमेत फेला परेकोका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै