Comments Add Comment

Advertisment

SKIP THIS

सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोले रौतहटबाट चार वटा अत्याधुनिक हतियार बरामद

काठमाडौं: सशस्त्र प्रहरीले रौतहटबाट चार वटा अत्याधुनिक हतियार बरामद गरेको छ।

आइतबार दिउँसो यमुनामाइ नगरपालिका वडा नम्बर ३ स्थित एक घरबाट प्रहरीले पेस्तोल र बन्दुक बरामद गरेको सशस्त्रका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए।

सशस्त्रको इन्टेलिजेन्स ब्युरोको टोलीले उक्त घरबाट ९ एमएम पेस्तोल ३ नाल, त्यसमा लाग्ने १३ गोली, ६ वटा म्याग्जिन र एउटा एयर गन बरामद भएको हो।

हतियार बेचबिखन भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी उक्त घरमा पुगेको थियो।

हतियारसहित मोबाइलको सिमकार्ड, मोबाइल, शेख एजाज अहमदको नाममा जारी गरिएको नागरिकता बरामद भएको उनले बताए।

यसमा संलग्न व्यक्ति पक्राउ भने परिसकेका छैनन्। केही व्यक्तिहरू घरभित्र पसेर चुकुल लगाएर बसेको डिएसपी थापाले बताए।

‘हतियार बेच्न लागेका थिए। हतियार बरामद गरियो तर पक्राउ गर्न खोज्दा भित्र चुकुल लगाएर बसेका रहेछन्,’ उनले भने, ‘हाम्रो थप टोली पनि जाँदैछ।’

घरभित्र कति जना छन् भन्ने यकिन नभएको प्रहरीले जनाएको छ। हतियार बेच्न लागेको भन्ने सूचना पाएपछि प्रहरी ग्राहक बनेर उक्त स्थानमा पुगेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै