Comments Add Comment

Advertisment

SKIP THIS

नबिल बैंकद्धारा बौद्ध स्तुपामा वातावरण मैत्री लुङ्गटा स्थापना

१३ चैत , काठमाडौं । मार्च २६ मा विश्वभर मनाइने अर्थ आवरको अवसरमा नबिल बैंकले काठमाडौँको बौद्ध स्तुपाका पुराना लुङ्गटालाई विस्थापन गर्दै वातावरण मैत्री लुङ्गटा स्थापना गरेको छ ।

नाइलनको कपडा र नाइलनको डोरीबाट बनाइएका पुराना सामग्री वातावरण मैत्री नहुने भएकाले त्यसलाई विस्थापन गरी वातावरणमैत्री सामान प्रयोग गरिएको हो । हरित उद्यमको क्षेत्रमा काम गर्दै आएकी आङ डोल्मा शेर्पाले नबिल बैंकबाट ऋणको सहयोगमा शुरु गरेको वातावरण मैत्री लुङ्गटा उत्पादनलाई प्रोत्साहन समेत गर्ने र विश्व सम्पदा सूचीमा रहेको बौद्ध स्तुपालाई वातावरण मैत्री सामग्रीको प्रयोगबाट स्वच्छ बनाउँने उद्देश्यले यो कार्यको आरम्भ गरिएको छ ।

नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल, प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, विश्व वन्यजन्तु कोष नेपालका प्रतिनिधि डा। घन श्याम गुरुङ, सामाजिक अभियन्ता तथा गायिका आनि छोइङ डोल्मा, बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामा तथा वातावरणको क्षेत्रमा काम गरेका विभिन्न व्यक्ति तथा सरोकारवालाको उपस्थितिमा गरिएको सो कार्यक्रममा सहभागीहरूले यो अभियानलाई व्यापक बनाउनु पर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै