Comments Add Comment

Advertisment

SKIP THIS

बाघको आक्रमणबाट बच्न प्रदर्शनमा उत्रिएकाको प्रहरीको गोली लागेर मृत्यु

२४ जेठ , काठमाडौं । बर्दियाको मधुवन नगरपालिका–२ ओराली बजारमा आन्दोलित स्थानीयमाथि प्रहरीले चलाएको गोली लागेर एक किशोरीको मृत्यु भएको छ ।

बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि सुरक्षाको माग गर्दै सोमबार दिउँसो प्रदर्शनमा उत्रिएका ओराली बजारका स्थानीयमाथि प्रहरीले गोली चलाएको हो ।

प्रहरीले गोली लागेर कक्षा १२ मा अध्ययनरत नविना थारुको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन्। सोमबार बिहान आक्रमण गर्न खोजेको बाघलाई होहल्ला गरेर बचेका स्थानीयमध्ये एक जनाकफ प्रहरीको गोली लागेर मृत्यु भएको हो । बाघको आक्रमणबाट घाइते भएकालाई उपचारका लागि नेपालगञ्ज पठाइएको थियो।

स्थानीयले बाटो अवरुद्ध गर्दै प्रहरीमाथि नै ढुंगामुढा गरे पछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको प्रहरीले दाबी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै