५ साउन , काठमाडौ । नव गायिका शर्मिला फुयाल (सन्ध्या) र ‘द भ्वाईस अफ नेपालका’ कर्णराज गिरीको स्वर रहेको ‘कुन तार मिलेन’ बोलको म्युजिक भिडियोले दर्शकको मन जितिरहेको छ ।
रिलिज भएको तीन साता नपुग्दै उक्त गीतलाई युट्युबमा १० लाख पटकभन्दा बढी पटक हेरिएको छ । उक्त गीतमा शर्मिला फुयाल (सन्ध्या)को शब्दरसंगीत रहेको छ भने ध्वनि मिश्रण बाबुल गिरीको रहेको छ।
युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको गीतको भिडियोमा सुधिर श्रेष्ठ, उषा उप्रेति, कर्णराज गिरी र शर्मीला फुयाल (सन्ध्या) बीचको अनस्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।
विक्रम चौहानको निर्देशन रहेको भिडियोलाई मिलन विश्वकर्मको सम्पादन र प्रकाश खड्काको छायांकनमा भिडियो तयार पारिएको हो । भिडियो ‘ ओएसआर डिजिटल’ नामक युट्युव च्यानलमार्फत् सार्वजनिक भएको हो ।
भिडियो लिंक :







