Comments Add Comment

Advertisment

SKIP THIS

कोरोना संक्रमित घट्दै, २४ घण्टामा ४३७ जनामा कोरोना पुष्टि

 ६ फागुन, काठमाडौं । पछिल्लो समय कोरोना संक्रमित निको हुने धेरै र संक्रमण पुष्टि हुने कम हुँदा सक्रिय संक्रमितको संख्या क्रमशः घट्दै गएको पाइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार सक्रिय संक्रमित घटेर १४ हजार ४३५ कायम भएको छ । अघिल्लो दिन यो संख्या १६ हजार ६१६ जना रहेको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ९१ जनामा कोरोना परीक्षण हुँदा ४३७ जनामा संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २ हजार ४५४ जना भने संक्रमणमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा २ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९१३ जना पुगेको छ । हाल देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७५ हजार १३२ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३८ हजार ४१२ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ९ लाख ४८ हजार ७८४ जना निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment