
तार्केश्वर नगरपालिकाको आयोजनमा गरिएको पौराणिक तार्केश्वर महादेव शिव महापुराण -२०८० को पत्रकार सम्मेलन एक बर्ष पछि गर्दा पनि अपुरो बनाई सम्पन्न गरेका छन् ।
पत्रकार सम्मेलन गएको २०८० माघ महिनाको अन्तिम हप्ता गरेतापनि दान गर्ने दानबिरहरुको चित्त नबुझदा फेरी एक बर्ष पछि गरेको हो । तर एक बर्ष पछि गर्दा पनि उहि पुराना खाका मात्र सुनाईयो जुन यो तलको फोटोमा प्रस्ट छ
यो फोटो २०८० को हो तर एक साल पछि पनि पत्रकार सम्मेलन गर्दा न त पत्रकार सम्मेलन गर्ने भनेर व्यानर नै छ नत समितिका अरु कोहि यस्तोगर्दा पत्रकार कै अपमान गरेको अनुभुती पाईयो ।
पत्रकार सम्मेलन भन्ने बित्तिकै आथिक कुराको स्पष्ट सम्मेलनमार्फत बाहिर ल्याउनु हो तर यहा एक साल पछि पत्रकार सम्मेलन गर्दा समेत उहि परिवेश भएको छ मात्र साल फेरियो तर आर्थिक पाटो उहि बाकि उठनु पर्ने रकम एक साल पछि नउठको अध्यक्ष हरिशरण घिमिरेको दाबि छ ।
अब जाउ जहा आर्थिक कुरा यस्तो थियो एक साल अधि जुन गएको २०८० माघ ११ बाट लगाईएको महायज्ञमा दानबिरहरुबाट उठाईएको नगद, जिन्सी आदि मार्फत उठेका रकम कुल (१,४२,५१,३३९) एक करोड बयालिस लाख एकाउन्न हजार तिन सय उन्नचालिस रुपैया थियो । यस रकम मार्फत खर्च कुल (७२,२३,६१९) बहत्तर लाख तेहिस हजार उन्नाईस रुपैया भएको अध्यक्ष घिमिरेको दाबि छ ।
यो अब एक साल पछि पनि यहि रकमको पत्रकार सम्मेलन गरियो ताकी एक साल अधि यहि रकम हिसाब आउदा अरु उठ्नु रकम पनि छ यसमा जोडेको थिएन अहिले एक साल पछि पनि उहि हिसाब आउदा धर्मको नाममा भष्ट्रचार छ भन्ने छैन सम्बन्धीत निकायले ध्यान दिओस् । हुन त तार्केश्वर नगरपालिकाको आयोजनामा गरियको महायक्ष यसको छानबिन कस्ले गर्ने, तै चुप मै चुप !
अब जाउ कहा निर चुक्यो महायक्ष लगाउदा ३ लाखको हिनाबिना यो तलको फोटो ध्यान दिएर हेर्नुस् र पढ्नुस् :-
यो फोटोमा लेखिएको शब्द जुन समयमा यस महायक्षमा किशोर भण्डारी (कलाकार) भनिने तार्केश्रर २ का जनप्रतिनिधी समेत रहेका उनी हिजो गरिएको प्रेसमिटमा अनुहार समेत देखाउने आट गरेनन् ।
यो फोटोमा लेखिएको छ :- जुन महायक्ष पुराणको या धार्मिक कार्यको समाचार या फोटो भिडियो गरेको परिश्रमिक कुनै पनि मिडियालाई नदिने भन्दै फेसबुकमा पोस्ट गरे यहि फेसबुकको पोस्ट आफैले थुकेको थुक आफैले चाटेको जसरी हाल्न नपाई २०८० मै डिलिट समेत गरेका थिए ।
घिमिरे अध्यक्षले हामीले छुट्याईएको ३ लाख रकम मिडियालाई नै हो तर हामी टिममा हुने हुदा सयोजक किशोर भण्डारी मार्फत पावर मिडिया (power media) का सन्चालक दिपकलाई व्यक्तीको नाममा चेक काटी दिएको समेत बताएका छन् ।
जबकी सार्वजनिक काम गर्दा व्यक्ती बिशेष अझ चेक दिनु गैरकानुनी मानिन्छ । मिडियालाई नदिने भन्दै समोजक आफै सामाजिक सन्जालमा पोस्ट गर्ने अनि उनकै रोबहरमा ३ लाख मिडियालाई भन्दै छुटाउने यो दानबिरहरुले गरेको दानको अपमान भएन र जनप्रतिनिधि आफै , मिडियालाइ पारिश्रामिक नदिने भन्ने आफै , अनि आफ्नै रोवरमा पावर मिडिया भनिने दिपकको व्यक्ती चेक काटिने यस्ता काम गर्ने र दानबिरको दानलाइ अपमान गर्ने व्यक्तीलाइ कस्तो सजाए होला ।
छानबिन छिटै होस् नगरपालिका यो कुरामा मौन भएर बसेको अलि आपच्य भएन किनकी नगरपालिका स्यम आफै हो आयोजक ? तार्केश्वरको कानुन दैवले जानुन् …
बाकी समाचार आउन बाकी……२०८० को २०८१ मा आएन २०८२ मा आउछ कि भन्ने दानबिरहरुको गुनासो छ ।