२५ चैत , काठमाडौं । रौतहटको राजपुर नगरपालिकाका मेयर मोहम्मद साकिल अख्तर नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।
शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालेकोट पुगेर कांग्रेसबाट निर्वाचित मेयर अख्तरससहित दुई वडाध्यक्ष एमालेमा प्रवेश गरेका हुन् । एमाले स्थायी कमिटी सदस्य तथा रौतहटका नेता प्रभु साहले अख्तरको टोलीसँग वार्ता गरेका थिए ।
मेयरसँगै वडा नम्बर ३ र ९ नम्बर वडाका वडाध्यक्ष पनि एमालेमा प्रवेश गरेका हुन् । उनीहरुसँगै कांग्रेस जिल्ला कार्यसमिति रौतहटका सदस्य शेख मुबारक, शेख इम्ताज र लोसपाका केन्द्रीय सदस्य शेख मन्जुर पनि एमालेमा प्रवेश गरेका छन् ।
रौतहटका कांग्रेसबाट निर्वाचित अरु जनप्रतिनिधिलाई एमाले प्रवेश गराउने कार्यक्रम आयोजना हुन लागेको साहले बताएका छन् ।






