Comments Add Comment

Advertisment

SKIP THIS

द्वारिकलाल चौधरी माओवादीमा प्रवेश

१६ असोज , काठमाडौ । इटहरी उपमहानगरपालिकाका निवर्तमान मेयर द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश गरेका छन् ।

आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै निवास खुमल्टरमा चौधरीलाई खादा र अबिर लगाएर पार्टी प्रवेश गराएका हुन् । स्रोतका अनुसार प्रदेशसभा सदस्यको उम्मेदवार बनाउने पक्का भएपछि चौधरी माओवादी प्रवेश गरेका हुन् ।

नेकपा एमाले सुनसरीका पूर्व अध्यक्षसमेत रहेका चौधरी सुनसरी क्षेत्र नम्बर २ को ९क० बाट प्रदेशसभा सदस्यका लागि टिकटको दाबेदार छन् । थारु बाहुल्य क्षेत्र रहेकाले उनलाई टिकट दिन माओवादी केन्द्र तयार भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment