७ मंसिर , काठमाडौ । नेपाल क्रिकेट संघ (क्यान) ले जनरल म्यानेजर पदका लागि दरखास्त आह्वान गरेको छ ।
क्यानले बिहीबार सूचना जारी गर्दै जनरल म्यानेजर पदका लागि दरखास्त आह्वान गरेको हो ।
उक्त पदमा दरखास्त दिनका लागि व्यवस्थापन संकायमा मास्टर्स डिग्री गरेको, कम्तीमा पनि ७ वर्षको नेतृत्वको अनुभव भएको र कर्पोरेट सुशासन र नीतिहरूको अनुभव भएको हुनुपर्ने सूचनामा उल्लेख छ ।
तोकिएको अनुभव भएका इच्छुक व्यक्तिले डिसेम्बर ७ सम्ममा क्यानको इमेलमा दरखास्त पठाइसक्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।







