Comments Add Comment

Advertisment

SKIP THIS

एसएसपी शेखर खनालद्वारा सहायक हवल्दार दिपक सुनारलाई उत्कृष्ट प्रहरी घोषित

काठमाडौं– प्रहरी पहरागण कार्यालय सामाखुसी काठमाण्डौं दरबन्दी भई प्रहरी प्रभाग सानेपा, ललितपुरमा कार्यरत प्रहरी सहायक हवल्दार दिपक सुनार फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्।

प्रहरी संगठनले दिएको जिम्मेवारी पूर्णरुपमा लगनशील, कर्तव्यनिष्ठ एंव अपराध अनुसन्धान र प्रहरी कारबाहीमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराएकाले उनलाई उत्कृष्ट प्रहरी घोषित गरिएको हो।

आम नागरिकका माझ प्रहरी संगठनको गरिमा राखेको भन्दै योगदानको उच्च कदर गर्दै ललितपुर जिल्ला प्रहरी प्रमुख एसएसपी शेखर खनालले नगद पुरस्कार तथा प्रशंसा-पत्र सहित सम्मानसमेत गरेका छन्। प्रहरी सहायक हवल्दार दिपक सुनार लाई २०८० साल फागुन महिनाको “Police of The Month” घोषित गरि पुरस्कृत गरिएको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै