Comments Add Comment

Advertisment

SKIP THIS

चितवन प्रहरीको सक्रियता, तीन दिनमा २०७ जना फरार प्रतिवादी पक्राउ गर्न सफल प्रहरी

काठमाडौँ: जिल्ला प्रहरी कार्यालय चितवनले तीन दिनमा २०७ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ।

चितवन जिल्ला अदालतबाट फैसला कार्यान्वयनको लागि २०७ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउने उद्देश्यले सञ्चालित फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत उनीहरूलाई पक्राउ गरी अदालतमा आवश्यक कारबाहीको लागि बुझाएको हो ।

लामो समयदेखि अदालतबाट कैद तथा जरिवानाको फैसला भई कानुनी कारबाहीको दायराबाट भाग्दै लुकीछिपी बस्दै आएका फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गौतम मिश्रले बताए ।

एसपी मिश्रका अनुसार मंगलबार २८, बुधबार १०२ र बिहीबार ७७ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको हो। उनीहरूलाई कैद र जरिवाना भुक्तानको लागि जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

चितवन प्रहरीले अहिले फरार प्रतिवादीहरूलाई पक्राउ गर्न अभियान नै सञ्चालन गरिरहेको बताए। पुसको १ गतेदेखि बिहीबारसम्ममा २४७ जनालाई पक्राउ गरेर जिल्ला अदालतमा उपस्थित गराइएको उनले बताए।

उनीहरूबाट ५० लाख १२ हजार ३७ रुपैयाँ राजश्व असुल भएको छ। उनीहरूलाई कुल २ वर्ष ७ महिना १५ दिन कैद तोकिएको थियो। बिहीबार पक्राउ परेका ७७ जनाबाट मात्रै २४ लाख १८ हजार ९४४ रुपैयाँ राजश्व असुल भएको एसपीले जानकारी दिए।

प्रहरीले अहिले जिल्लाका विभिन्न स्थानहरूमा लागुऔषध दुर्व्यसनी नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण, घरेलु हिंसा, घरेलु मदिरा, मानव बेचविखन, साइबर क्राइम नियन्त्रणका लागि सचेतना कार्यक्रमहरू गरिरहेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै