२८ चैत , काठमाडौं । प्रतिबन्धित लागुऔषधसहित एक जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार गएराती धादिङ्ग थाक्रे निवासी ३६ वर्षीय रमेश तामाङ्लाइ पक्राउ गरेको हो । जिल्लाको मनरासिस्वा नगरपालिका सुनौल गाउँवाट उनी सवार ट्रकमा ९३ केजी गाजा नियन्त्रण लिइएको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



