त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट साउदी रियाल सहित एक जना पक्राउ -
Comments Add Comment

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट साउदी रियाल सहित एक जना पक्राउ

५ माघ , काठमाडौं । काठमाडौं महानगरपालिका-९ त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट साउदी रियाल १४ हजार ४ सय सहित धनुषा धनुषाधाम नगरपालिका-३ स्थायी वतन भएका ४५ वर्षीय एमडि नजिमलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

कतार एअरवेजद्वारा दोहा हुँदै साउदी जान लागेका उनलाई अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍यान्ड ब्यागेज चेकिङ एरियामा तलासी गर्ने क्रममा लुकाई लैजान लागेको ५ सय दरको २४ थान र २ सय दरको १२ थान गरी जम्मा १४ हजार ४ सय साउदी रियाल फेला पारी उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment


This will close in 20 seconds