Comments Add Comment

Advertisment

SKIP THIS

नवलपरासीमा लागूऔषधसहित एक जना पक्राउ

४ कात्तिक , काठमाडौं । नवलपरासी पश्चिमको रामग्राम नगरपालिका वडा नं ७ ललितपुर स्थित महेशपुर परासी सडक खण्डमा लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी सहायक निरीक्षक थमन बहादुर ठाडा मगरको कमाण्डमा बिहिबार खटीएको प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा लागूऔषध पक्राउ परेको हो ।

दक्षिणबाट उत्तरतर्फ आउदै गरेको लु ५२ प ४६४ नं. को कालो स्कुटर रोकी रितपुर्वक चेकजाँच गर्दा स्कुटर चालक रूपन्देही जिल्ला को तिलोत्तमा नगरपालिका वडा नं १ घर भएको ४० बर्षिय रूद्र बहादुर कार्कीको शरिर खोजतलास गर्दा लागूऔषध भेटिएको हो ।

कार्कीको शरीरको तल्लो भागमा निलो रंगको जिन्सको पाईन्टको बाँया खल्तिमा कालो प्लाष्टिक भित्र लुकाई राखेको पोकाहरुमा रहेको लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ निकाली एकै ठाउमा मिसाई प्लाष्टिक रहित तौल गर्दा २९ ग्राम फेला परेको थियो ।

निज रुद्र बहादुर कार्कीसंग लागुऔषध खैरोहेरोइन जस्तो देखिने पदार्थ, स्कुटरमा बरामद गरी लागूऔषध मुद्धामा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी भोजराज पाण्डेयले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment