Comments Add Comment

Advertisment

SKIP THIS

पाँच जना मृत अवस्थामा फेला

२ श्रावण , काठमाडौं । रोल्पा, कपिलवस्तु, दाङ, काठमाडौं र चितवनमा पाँच जना मृत अवस्थामा फेला परेका छन् । रोल्पाको रुन्टिगढी गाउँपालिका–२ धैरेनी बस्ने ६८ वर्षीय लक्ष खत्री सोही गाउँपालिका–४ सुर्पालस्थित मकै बारीमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

कपिलवस्तुको महाराजगंज नगरपालिका–११ प्रभातनगर बस्ने ६ वर्षीया अस्मिता भर घर नजिकै बेल नदीको किनारमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् । घरबाट हराएकी उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।

दाङको घोराही उपमहानगरपालिका–३ स्थित रनघरा बबई नदीको किनारमा सोही उपमहानगरपालिका–५ धारापानी बस्ने ६५ वर्षीया शिवा नेपाली आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

काठमाडौं महानगरपालिका–८ पशुपति राम मन्दिर नजिक हाल पहिचान नखुलेका अन्दाजी ७० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

चितवनको भरतपुर महानगरपालिका–१६ स्थित नारायणी नदीको बिच भागको टापुमा हाल पहिचान नखुलेका अन्दाजी ३० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

चार जना मृत अवस्थामा फेला

पाँच जना मृत अवस्थामा फेला

तीन जना मृत अवस्थामा फेला

Advertisment

छुटाउनुभयो कि? सबै

तीन जना मृत अवस्थामा फेला

चार जना मृत अवस्थामा फेला