Comments Add Comment

Advertisment

SKIP THIS

युगान्डाबाट साथीलाई काठमाडौं बोलाएर यौन व्यवसायमा लगाउने महिलालाई ब्युरोले पक्राउ

काठमाडौं ,अफ्रिकी मुलुक युगान्डाकी महिलालाई काठमाडौं ल्याएर यौन व्यवसायमा लगाएको आरोपमा मानव बेचबिखन ब्युरोले एक जनालाई पक्राउ गरेको छ।

मानव बेचबिखन अनुसन्धान ब्युरोले यौन व्यवसायमा लगाएको आरोपमा युगान्डाकै अर्की महिलालाई पक्राउ गरेको प्रवक्ता एवं एसपी कृष्णप्रसाद पंगेनीले जानकारी दिए।

नताशा भनिने एमाकुलेट नाबासुम्बालाई ब्युरोले पक्राउ गरेको हो। एसपी पंगेनीका अनुसार उनले एक जना युगान्डाकी महिलालाई पर्यटक भिसामा नेपाल बोलाएकी थिइन्। उनीहरू पुराना साथी हुन्।

नताशाले पीडित महिला गत जनवरी २८ मा नेपाल आइपुगेकी थिइन्। नताशा भने २०२२ डिसेम्बर ८ मै आएर ठमेलस्थित होटल जर्नी होम प्रालिमा बस्न थालेकी थिइन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट आरोपी व्यक्ति आफैं पनि यौन व्यवसायमा संलग्न रहेको र ग्राहकको व्यवस्था पनि आफैंले गर्दै आएको देखिएको छ। ग्राहक सम्पर्कमा नआएका बेला ठमेलका विभिन्न नाइट क्लबबाट ग्राहक खोजी गर्ने गरेको पाइएको एसपी पंगेनीले बताए।

उनीमाथि थप अनुसन्धान गर्न ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न अनुमति लिएको छ।

यसमा अन्य व्यक्तिको पनि संलग्नता हुनसक्ने प्रहरीको आशंका छ। होटलकै सञ्चालकको समेत संलग्नता छ/छैन भन्नेबारे अनुसन्धान जारी रहेको ब्युरोले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै