Comments Add Comment

Advertisment

SKIP THIS

बाजुरामा विषय शिक्षक नहुँदा विद्यार्थीको पढाई प्रभावित

१० असोज , काठमाडौँ । बाजुरामा विषय शिक्षक नहुँदा विद्यार्थीको पढाई प्रभावित भएको छ । बुढीनन्दा नगरपालिका वडा न ३ को सिराडीमा रहेको श्री पञ्चलक्ष्मी आधारभुत विद्यालयमा गणित नेपाली र विज्ञान विषय पढाउने शिक्षक नभएको पाइएको हो । कक्षा १ देखि कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयमा अलग अलग विषय पढाउने शिक्षक नहुँदा पढाइमा बाधा पुगेको विद्यार्थीहरूको गुनासो छ ।

विद्यार्थीले पाउनु पर्ने शिक्षा नपाएको अनि गणित विज्ञान त अहिले सम्म पाना पनि नहेरको हुँदा परीक्षामा कसरी पास हुने भन्ने चिन्ता विद्यार्थीलाई छ । कक्षा ८ अन्तिम परीक्षा दिएर अर्को विद्यालयमा जानु पर्छ, ‘अहिले सम्म हामीले विषय शिक्षक कस्तो हुन्छ देख्न समेत पाएका छैनौँ, अर्को विद्यालय कसरी जाने चिन्ता मात्र लाग्न थालेको श्री पञ्चलक्ष्मी आधारभुत विद्यालय कक्षा ८ मा अध्ययनरत छात्रा मनरुपा बोहराले भनिन्’

सोही विद्यालयमा आधारभुत अध्ययनरत छात्र खेम राज बिक गुनासो गर्दै भन्छन, ‘हाम्रो बेस बनाउने यो समयमा हाम्रो भविष्य माथिनै खेलवाड गरिँदै छ, यस विषयमा नत विद्यालय प्रशासनको चासो छ, नत विद्यालय व्यवस्थापन समितीको’

पढाई प्रभावित भएको सबै पक्षलाई अवगत हुँदा हुँदै कसैले पनि विषय शिक्षक राख्नु पर्ने चासो नदेखाएको विद्यालय प्रशासनको दाबी छ । विषय शिक्षकको अभावले विद्यार्थीको पढाई प्रभावित हुन पुगेको उक्त विद्यालयका प्रधानाध्यापक मदनराज पाध्यायले स्वीकारेका छन ।

अब तत्काल सबै पक्षलाई खबर गरेर यस समस्याको समाधानका लागी पहल गर्ने विद्यालय प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै