Comments Add Comment

Advertisment

SKIP THIS

मकवानपुरबाट प्रहरीले लागुऔषध र कारसहित एकजना पक्राउ

मकवानपुर । मकवानपुरमा लागुऔषध र कारसहित एकजना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट गस्तीमा खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका ९ रजैयास्थित पुर्व पश्चिम सडकखण्डबाट ७१ किलो ११५ ग्राम लागुऔषध (गाँजा) र कारसहित एकजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कैलाश गाउँपालिका वडा १ बस्ने ३५ वर्षीय गणेश थापा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले पुर्व पश्चिम सडकखण्डमा रोकी राखेको बा ६ च १८४७ नं. को कारलाई शंका लागि चेकजाँच गर्ने क्रममा कार चालक थापालाई रितपुर्वक खानतलासी पुर्जी दिई चेकजाँच गर्दा सोही कारको डिक्की भित्र लागूऔषध फेला परेको हो ।

उक्त लागूऔषध र कारसहित थापालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै