Comments Add Comment

Advertisment

SKIP THIS

सशस्त्र प्रहरीमा एआईजीको बढुवा प्रक्रिया शुरु

०१ बैशाख , काठमाडौं । सशस्त्र प्रहरी बलमा अतिरिक्त महानिरीक्षक (एआईजी) को बढुवा प्रक्रिया शुरु भएको छ ।

नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी बलमा साधारण समूह, साधारण उपसमूहमा रिक्त रहेको एआईजी पदमा बढुवाका लागि बुधबार साँझ सूचना प्रकाशित गरेका छन् ।

महानिरीक्षक केसीले जारी गरेको सूचनामा साधारण समूह, साधारण उपसमूहतर्फका सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरूलाई आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रको प्रतिलिपि तीन दिनभित्र गृह मन्त्रालय, बढुवा समितिको सचिवालयमा बुझाउन भनिएको छ । महानिरीक्षक केसी बढुवा समितिका सदस्य सचिव हुन् ।

यस्तो छ बढुवाका लागि प्रकाशित सूचना:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै