Comments Add Comment

Advertisment

SKIP THIS

भूकम्प पीडितको ६६ लाख ठगेर भागेका ठेकेदार तीन वर्षपछि पक्राउ

१६ कार्तिक , काठमाडौं । भुकम्पले भत्किएको घर पुनः निर्माण गरिदिने भन्दै भूकम्पपीडितसँग रकम लिएर फरार भएका एक जना ठेकेदारलाई लमजुङ प्रहरीले पक्राउ गरेको छ ।

सरकारले लाभ ग्राही प्रत्येकलाई ३ लाख रूपैयाँ उपलब्ध गराएको थियो । भूकम्पपीडितको घर निर्माण गरिदिने भन्दै ठेक्का लिएका मकवानपुर जिल्ला बकैया गाउँपालिका १०, अम्मासबेसी बस्ने ४७ वर्षीय ठेकेदार यमबहादुर थोकरलाई ३ वर्षपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

घरहरुको डीपीसी गरेर सरकारबाट आउने दोस्रो किस्ताको १ लाख ५० हजार रूपैयाँका दरले पीडितहरूबाट करिब ६६ लाख रुपैयाँ लिएर भागेका उनलाई पक्राउ गरेको डीएसपी प्रकाश श्रीमलले बताए । २०७२ जेठ १२ गते गएको विनाशकारी भूकम्पका कारण घरबारबीहिन लाभग्राहीको आवास पुनःनिर्माणको लागि सरकारले ३ लाख रुपैयाँको व्यवस्था गरेको थियो ।

उक्त रकमले अपुग हुने भएपछि गैरसरकारी संस्था प्राक्टिकल एक्सनले लमजुङ स्थित जनचेतना अभिवृद्धि र विकास अध्ययन समिति (कोप्पाडेस) मार्फत राइनास नगरपालिका र दोर्दी गाउँपालिकाका विपन्न नागरिकलाई ५० हजार रुपैयाँले रकम दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै