Comments Add Comment

Advertisment

SKIP THIS

एसपी प्रभु ढकालकाले सुनसरीको कमाण्ड सम्हाले सङै एकै दिन ६१ जना फरार प्रतिवादी पक्राउ

प्रहरी उपरीक्षक (एसपी) प्रभु ढकालकाले सुनसरी जिल्ला प्रहरी प्रमुखको कमाण्ड सम्हाले सङै विभिन्न मुद्दामा फरार रहेका अभियुक्तहरु धमाधम पक्राउ पर्ने थालेका छन् ।

सुनसरी प्रहरीले विशेष टोली गठन गरेर फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र पारेसङै एकै दिन ६१ जना प्रतिवादीलाई पक्रेर अदालतमा बुझाइएको एसपी ढकालले बताए ।विभिन्न अपराधमा अदालतबाट दोषी ठहर भए पनि कैद तथा जरिवाना भुक्तान नगरिकन फरार रहेका प्रतिवादीलाई सुनसरी प्रहरीले धमाधम पक्रेको हो ।

त्यस्तै, कर्तव्य ज्यान मुद्दा,घर आगजनी मुद्दा, लागूऔषध कारोबार मुद्दा,जबरजस्ती करणी मुद्दा,अभद्र व्यवहार मुद्दा, बहुविवाह मुद्दा र सवारी ज्यान सम्बन्धी मुद्दामा आरोपित कसुरदारहरूलाई पक्राउ गरेर मुद्दा चलाएको एसपी ढकालले जानकारी दिए । प्रहरीले पक्राउ गरेर बुझाएपछि अदालतले कैद सजाय भुक्तानका लागि कारागार चलान गर्ने गरेको छ ।

एसपी ढकालका अनुसार चालु आर्थिक वर्ष २०७९/०८० को हालसम्म एक सय ३० जना फरार प्रतिवादीलाई सुनसरीबाट पक्राउ गरिसकिएको बताए । फरार प्रतिवादी पक्राउ गर्दा २६ वर्ष आठ महिना तीन दिन कैद र चार लाख २० हजार ३४ रूपैयाँ जरिवाना असुल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै