Comments Add Comment

Advertisment

SKIP THIS

महोत्तरी प्रहरीद्वारा चोरीको मोबाईल सहित तीन जना पक्राउ

२४ बैशाख , काठमाडौं । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले मोबाईल पसल चोरी फरार रहेका तीन जना ब्यक्तहरुलाई पक्राउ गरेको महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले जानकारी दिएका छन् ।

पक्राउ पर्नेहरूमा प्रिन्स स्टुडियो एण्ड मोबाईल सेन्टर औरहीका संचालक महोत्तरी जिल्ला औरही नगरपालिका वडा न.१ औरही बस्ने दशरथ साहको छोरा बर्ष ३४ को दिनेश्वर साह,महोत्तरी बर्दिबास नगरपालिका वडा नं. १३ बिजलपुरा वस्ने हिराई भण्डारीको छोरा बर्ष अं. ३० को लालबाबु भण्डारी र महोत्तरी सम्सी गा.बि.स. वडा न.८ वस्ने रामनाथ साहको छोरा बर्ष २४ को अ.वर्ष २३ को रंजित साह रहेको महोत्तरी प्रहरीले जनाएको छ ।

मिति २०७८।०९।३० गते महोत्तरी जिल्ला गौशाला नगरपालिका वडा नं. ५ गौशाला बजारमा बस्ने बर्ष २५ को संजित कुमार यादवले संचालन गरेको मिथिलाञ्चल कम्प्लेक्समा अपरिचित २ जना ब्यक्तिहरुले ढोका फोडी पसल भित्र प्रबेश गरी करिब २० लाख बराबरको पसलमा रहेका बिभिन्न ब्राण्डका स्मार्ट फोनहरु थान ६०,साधारण फोनहरु १५७ थान, मोबाईलको ब्याट्री, सिमकार्ड पेनड्राईभ, मेमोरी कार्ड, ल्यापटप थान १, DSLR क्यामेरा थान १ तथा CCTV को DVR समेतका ईलेक्ट्रोनिक्स सरसामानहरु चोरी गरी नम्वर प्लेट नखुलेको मोटरसाईकलमा लिई फरार भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै