१२ मंसिर काठमाडौँ । देशभर १५८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

८ हजार ९१८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५४ तथा एन्टिजेन विधिबाट ४ जनाको सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३४२ जना सङ्क्रमणमुक्त भएका छन् ।
थप २ जनाले कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाएका छन् ।





