Comments Add Comment

Advertisment

SKIP THIS

सिरोहिया पक्राउ शक्तिको दुरुपयोग र प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रहार : महतो

९ जेठ , काठमाडौ ।  कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई राज्यशक्तिको दुरुपयोग गरेर पक्राउ गरिएको पूर्वमन्त्री राजेन्द्र महतोले बताएका छन् ।

राष्ट्रिय मुक्ति क्रान्तिका तर्फबाट विज्ञप्ति जारी गर्दै महतोले कान्तिपुर दैनिकले गरिरहेको समाचार सम्प्रेषणमाथि राज्यले गैरजिम्मेवार व्यवहार देखाएको उल्लेख गरेका छन् ।

सिरोहिया पक्राउ शक्तिको दुरुपयोग र प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रहार : महतो

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई प्रहरीले कान्तिपुर दैनिकको कार्यालयबाट मंगलबार साँझ पक्राउ गरिएको थियो । उक्त पक्राउको विरोधमा राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक महतोले विज्ञप्ति जारी गर्दै बिनाशर्त रिहाइ गर्न पनि माग गरेका छन् ।

‘अमूक व्यक्तिले दायर गरेको भनि धनुषा जिल्ला अदालतको आदेशअनुसार दोहोरो नागरिकता लिएको आरोपमा देशको प्रमुख संचार गृह कान्तिपुर पब्लिकेशन्स् प्रा. लि.का अध्यक्ष कैलाश सिरोहियालाई नेपाल प्रहरीले आफ्नै कार्यकक्षबाट पक्राउ गर्नु शक्ति दुरुपयोग मात्र हैन प्रेस स्वतन्त्रता माथिको गम्भीर प्रहार हो,’ महतोले लेखेका छन्, ‘वर्तमान गृहमन्त्री रवि लामिछानेले सहकारीमा नागरिकले संकलन गरेको पैसाको दुरुपयोग गरेको भनि सडक देखि संसदसम्म विरोध भइ रहेको छ । उनको दोहोरो पासपोर्ट लगायतको विषयमा कान्तिपुरले गरेको रिपोर्टिङलाई व्यक्तिगत तुष्टीको रुपमा लिँदै शक्तिको दुरुपयोग गरेर जसरी एक जिम्मेवार संचारगृहमाथि प्रहार भएको छ, यसले राज्यको गैरजिम्गेरी प्रष्ट देखाउँदछ ।’

महतोले सहकारी प्रकरणको निष्पक्ष छानबिन तथा दोहोरो राहदानी प्रकरणलाई न्यायिक निष्कर्षमा पुर्‍याउन लामिछानेलाई गृहमन्त्रीबाट निलम्बन गर्नुपर्ने माग पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment