Comments Add Comment

Advertisment

SKIP THIS

कहिले आउला आईफोन १४ ?

२२ साउन , काठमाडौं । एप्पलले हरेक वर्ष आईफोनको नयाँ सिरिज सार्वजिक गर्दै आएको छ ।

यो वर्ष आईफोन १४ सिरिज ल्याउने तयारीमा कम्पनी जुटेको छ । तर यसको सार्वजनिक मिति घोषणा भइसकेको छैन । विगत ११ वर्षयता एप्पलले सेप्टेम्बर-अक्टोबर महिनामा आईफोन मोडल ल्याएको देखिन्छ । त्यसैले पनि आईफोन १४ कहिले सार्वजनिक हुन्छ भन्ने कुरा अनुमान गर्न गाह्रो छैन । सम्भवतः यो वर्ष पनि पहिलेकै समयमा सार्वजनिक हुनसक्छ ।

गत वर्ष सेप्टेम्बर १४ का दिन आईफोन १३ का विभिन्न मोडलको घोषणा भएको थियो । यस वर्ष आईफोन १४ मोडलमा आईफोन १४, आईफोन १४ म्याक्स, आईफोन १४ प्रो, आईफोन १४ प्रो म्याक्स आउने अपेक्षा गरिएको छ ।

आईफोन १४ र आईफोन १४ म्याक्समा ६।१ इन्चको डिस्प्ले, क्यामेरा सेट फिचर हुने चर्चा छ ।

त्यसैगरी आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्समा ६।७ इन्चको डिस्प्ले हुने अपेक्षा गरिएको छ । सम्भवतः यी दुई मोडलमा अन्य दुईभन्दा ठूलो ब्याट्री क्षमता रहनेछ ।

आईफोन १४ को घोषणा मितिबारे भविष्यवाणी

एप्पलले आधिकारिक घोषणाको मिति सार्वजनिक नगरे पनि केही संकेत दिएको छ, जसका माध्यमबाट आईफोन १४ घोषणा हुने मिति अनुमान गर्न सकिन्छ ।

सन् २००७ मा पहिलो पटक आईफोन सार्वजनिक भएपनि कम्पनीले आधिकारिक रूपमा २०११ मा आईफोन फोर एसपछि विश्वभरका विभिन्न बजारमा उपलब्ध गराउँदै आएको छ ।

हालसम्म बजारमा आएका आईफोनको घोषणा मिति यहाँ उल्लेख गरिएको छस्

आईफोन फोर एस (मंगलबार, अक्टोबर ४, २०११)

आईफोन ५ (बुधबार, सेप्टेम्बर १२, २०१२)

आईफोन फाइभ एसरफाइभसी (मंगलबार, सेप्टेम्बर १०, २०१३)

आईफोन सिक्सरसिक्स प्लस (मंगलबार, सेप्टेम्बर ९, २०१४)

आईफोन एसरसिक्स प्लस (बुधबार, सेप्टेम्बर ९, २०१५)

आईफोन सेभेनरसेभेन प्लस (मंगलबार, सेप्टेम्बर ७, २०१६)

आईफोन एटरएट प्लसर एक्स (मंगलबार, सेप्टेम्बर १२, २०१७)

आईफोन एक्सएसरएक्स म्याक्सर एक्सआर (बुधबार, सेप्टेम्बर १२, २०१८)

आईफोन ११ सिरिज (मंगलबार, सेप्टेम्बर १०, २०१९)

आईफोन १२ सिरिज (मंगलबार, अक्टोबर १३, २०२०)

आईफोन १३ सिरिज (मंगलबार, सेप्टेम्बर १४, २०२१)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment