Comments Add Comment

Advertisment

SKIP THIS

आफ्नै जीउमा आगो लगाएकी एक महिलाको उपचारको क्रममा मृत्यु

६ जेठ , काठमाडौ । आफ्नै जीउमा आगो लगाएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ।

चन्द्रागिरि नगरपालिका–९, मच्छेगाउँमा डेरागरी बस्ने ३६ वर्षीया शान्ति श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एसपी सीताराम रिजालका उपचारको क्रममा उनको आज बिहान कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको हो। प्यारालाइसिसले ग्रस्त श्रीमान् मोहनकुमारको रेखदेख गर्दै आएकी श्रीमती श्रेष्ठले हिजो दिउँसो आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी थिइन्।

गोले जल्दै डेराबाट निस्के पछि स्थानीयले प्रहरीलाई खबर गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको थियो। जसको उपचारको क्रममा उनको अस्पतालमा निधन भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment