Comments Add Comment

Advertisment

SKIP THIS

मलेसियामा एक नेपालीको मृत्यु

१६ मंसिर काठमाडौ । वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेका एक नेपालीको मृत्यु भएको छ ।

मलेसियाको पेनाङको पेराई पुलाउ पिनाङको एक म्यानुफ्याक्चरिङ कम्पनीमा कार्यरत सुनसरीका सन्तोष कुमार ठाकुरको मृत्यु भएको हो ।

मंगलबार साँझ कम्पनीमा कार्यरत रहेको अवस्थामा शौचालय गएका उनी लामो समयसम्म नफर्किएपछि खोजतलास गर्दा शौचालयमै ढलेको अवस्थामा फेला परेका थिए।

उनको शौचालयमै मृत्यु भएको पाइएको कम्पनीले जनाएको छ । उनको शव पोस्टमार्टमका लागि स्थानीय अस्पताल पठाईएको छ ।

पोस्टमार्टम रिपोर्ट आएपछि त्यहाँ रहेको नेपाली दूतावाससँग समन्वय गरी शवलाई नेपाल पठाईदिने कम्पनी प्रशासनले जनाएको छ ।

विगत पाँच वर्षदेखि मलेसियामा कार्यरत रहेका मृतक ठाकुरका बुबाआमा, श्रीमती र छोराछोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment

छुटाउनुभयो कि? सबै

थप ५९ जना कोरोना संक्रमितको मृत्यु

थप ९९ जना कोरोना संक्रमितको मृत्यु

थप ५२ जना कोरोना संक्रमितको मृत्यु