Comments Add Comment

Advertisment

SKIP THIS

डिल्लीबजारमा दुर्घटना गराएर भागेका मोटरसाइकल चालक पक्राउ

१ असार , काठमाडौं । काठमाडौंको डिल्लीबजारमा दुर्घटना गराएर भागेका मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–३ घर भएका १९ वर्षीय रोहन नगरकोटी छन् । जेठ ३० मा बा.७१ प ६०७० नम्बरको मोटरसाइकलमा सवार नगरकोटीले डिल्लीबजारमा ३६ वर्षका अशोक पहरीलाई ठक्कर दिएर भागेका थिए । काभ्रेपलाञ्चोक घर भएका पहरीको बागबजारस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटना गराएर फरार भएका नगरकोटीलाई चन्द्रागिरी नगरपालिका वडा नम्बर–७ स्थित थानकोटबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले  बताए । घटनाबारे प्रहरी वृत मालीगाउँले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment