Comments Add Comment

Advertisment

SKIP THIS

एमसीसी पास गरेपछि महँगी बढ्यो : प्रेम सुवाल

२९ जेठ , काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालले एमसीसी सम्झौता पास गरेकै कारण नेपालमा महँगी बढेको बताएका छन् ।

आइतबार प्रतिनिधि बैठकमा खर्च कटौतीको प्रस्तावकको रुपमा बोल्दै सांसद सुवालले नेपालको आर्थिक संकट बढेको र सर्वसाधारण आर्थिक मारमा परेको भन्दै प्रधानमन्त्री शेरबहादुृर देउवाले संयुक्त राष्ट्रसंघमा रुसको विपक्षमा मतदान गरेकै करण महँगी बढेको बताए । ‘अमेरिकी साम्राज्यवादले प्रधानमन्त्री शेरबहादुर देउवा सरकारलाई संयुक्त राष्ट्र संघमा रुसको विपक्षमा मदान गरायो, यसै कारण महँगी बढेको हो, म प्रमाण देखाउन तयार छु’, उनले भने ।

प्रधानमन्त्री देउवा नेतृत्वको सरकार कुटनीतिमा असफल भएको बताए । ‘मतदानमा तटस्थ बसेको भारतलाई रुसले अन्तर्राष्ट्रिय बजारमा बजारको मूल्यको एकतिहाई मुल्यमा तेल ग्यास उपलब्ध गरायो । खोई नेपालको कटुनीतिक ? तेल सस्तोमा ल्याउन सक्दैन भारतले जस्तै’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै