Comments Add Comment

Advertisment

SKIP THIS

साफ यु–१९ महिला च्याम्पियनसिपमा आज नेपालले भारतसँग खेल्ने

२३ माघ, काठमाडौ । साफ यु–१९ महिला च्याम्पियनसिप फुटबलमा आज नेपालले लिगको अन्तिम खेलमा भारतको सामना गर्दैछ ।

खेल बंगलादेशको ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ । शीर्ष दुईमा रहेर फाइनल खेल्नका लागि नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ ।

पराजित वा बराबरी भएको खण्डमा नेपाल प्रतियोगिताबाट बाहिरिने छ । घरेलु टोली बंगलादेश भने फाइनलमा पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै