भन्सार छलीका कपडासहित मालवाहक ट्रयाक्टर र पिकअप पर्सा प्रहरीको नियन्त्रणमा -
Comments Add Comment

भन्सार छलीका कपडासहित मालवाहक ट्रयाक्टर र पिकअप पर्सा प्रहरीको नियन्त्रणमा  

पर्सा । पर्सा प्रहरीले भन्सार छलीका कपडासहित मालवाहक ट्रयाक्टर र पिकअप नियन्त्रणमा लिएको छ ।

वीरगन्जको आइसीपीबाट प्रहरीले ४० लाख ३६ हजार मूल्य बराबरको भन्सार छलीका कपडा नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

आइसीपीबाट वीरगन्जतर्फ आउँदै गरेको मालवाहक ट्रयाक्टर र पिकअपबाट बिल विजकभन्दा बढी लोड रहेको कपडा बरामद गरिएको पर्सा प्रहरी प्रवक्ता कुमारविक्रम थापाले जानकारी दिए ।

बरामद गरिएका कपडासहित मालवाहक ट्रयाक्टर र पिकअप आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै