
१० फागुन , काठमाडौ । नागार्जुन नगरपालिका-२ गैरीगाउँ डेरा गरी बस्ने ४७ वर्षीय उद्दब मल्लको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-२ बस्ने गोरखा घर भएका २५ वर्षीय भोज प्रताप थापा समेत ८ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३३ हजार ६ सय रूपैयाँ र ९ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।