Comments Add Comment

Advertisment

SKIP THIS

जुवातास खेलिरहेका ९ जना पक्राउ, झण्डै एक लाख बरामद

२५ असोज , काठमाडौ । दक्षिणी रोल्पाको होलेरीस्थित स्थानीय एक होटलमा जुवातास खेलिरहेका ९ जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय होलेरीले स्थानीय चर्चित होटल कोहिनुरमा ठूलो रकमसहित जुवा खेलिरहेको भन्ने सूचना पाएपछि खोजी गर्ने क्रममा बिहीबार राति ११ बजेतिर नगदसहित ९ जनालाई पक्राउ गरिएको हो ।

सूचना पाएपछि इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक सरोज प्रजापतिको नेतृत्वमा १० जना प्रहरी खटाइएको थियो ।

जुवा खेलिरहेका ९ जनाबाट ५ गड्डी तास र ९१ हजार ६ सय १५ रुपैयाँ पनि बरामद गरिएको छ । उनीहरू होलेरीस्थित प्रहरी हिरासतमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment