Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरीको सर्भर ह्याक : डार्क वेबमा लिक भयो निकै संवेदनशील डेटा

१३ माघ , काठमाडौ । नेपाल प्रहरीको सर्भर ह्याक गरी संवेदनशील डेटा लिक भएको पाइएको छ । गत सेप्टेम्बर २१, २०२२ मा २।३४ जीबी फाइल साइजको प्रहरीको डेटा डार्क वेबमा लिक भएको हो ।

ूनेपाल प्रहरीले आन्तरिक प्रयोजनका लागि ईमेलमा जे कुराकानी गरेको हुन्छ, त्यो सबै लिक भएको छ । विशेषगरी प्रशासनिक तहमा हुने सञ्चारको डकुमेन्ट बाहिरिएको देखिन्छ, एक साइबर सुरक्षा जानकारले टेकपानासँग भने ।

यसमा विशेषगरी प्रहरीका गोप्य योजनाहरू छन् । ‘ब्रिच फोरम’ र ‘हाइड्रा मार्केट’ गरी दुई डार्क वेब प्लेटफर्ममा यी डेटा लिक भएका छन् । ईमेल सर्भर ह्याक गरेर वा कार्यालयभित्र कसैको ईमेल एड्रेसमा एक्सेस पाएर डेटा लिक गरेको देखिन्छ,ती सुरक्षा जानकारले भने ।

नेपालको इतिहासमा यति संवेदनशील डेटा पहिलो पटक लिक भएको उनले सुनाए । नेपालमा अहिलेसम्म यति संवेदनशील डेटा लिक भएको थिएन,ू उनी भन्छन्, ूसुरक्षा निकायकै संवेदनशील डेटा लिक हुनुले हाम्रो सरकारी साइबर सुरक्षा प्रणाली कति कमजोर छ भन्ने दर्शाएको छ ।ू यसले साइबर सुरक्षाका सन्दर्भमा सरकारी निकाय जिम्मेवार छैनन् भन्ने देखिएको उनको विश्लेषण छ ।

यस्तो डेटाका माध्यमबाट नेपाल प्रहरीको नेटवर्कभित्र प्रवेश गर्ने र उक्त निकायको अन्य अकाउन्टमा फिसिङ आक्रमण हुने सम्भावना रहेको उनले बताए ।​

डार्क वेबमा महत्त्वपूर्ण डेटा लिक भएको खबरबारे नेपाल प्रहरी भने बेखबर भएको पाइएको छ । ूहामीले तपाईँहरूबाट सूचना पायौं । तत्कालै प्राविधिक टिमसँग समन्वय गरेर अनुसन्धान अगाडि बढाउँछौं, प्रहरी प्रधान कार्यालयका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment