
काठमाडौँ, ३ माघ । सत्ता गठबन्धनका दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तीनै तहको निर्वाचन एकसाथ गर्न प्रस्ताव गरेका छन् । स्रोतका अनुसार सत्ता गठबन्धनमा अनौपचारिकरुपमा गरिएको यो प्रस्तावले प्रधानमन्त्री अप्ठेरोमा परेका हुन । स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न निर्वाचन आयोगसँगै प्रतिपक्षी दलले दबाब दिइरहेका बेला सत्ता गठबन्धनकै नेताहरुबाट यस्तो प्रस्ताव आएपछि प्रधानमन्त्री अप्ठेरोमा परेका हुन् ।
स्रोतका अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यस्तो प्रस्ताव राखिसकेका छन् । उनीहरुको प्रस्तावपछि स्थानीय तहको मात्र चुनाव घोषणा गर्न प्रधानमन्त्रीलाई अप्ठेरो परेको छ । प्रधानमन्त्रीले सत्ता गठबन्धनका नेताको कुरा नमाने सरकार नै अप्ठेरोमा पर्न सक्ने अवस्था रहेकाले निर्णय गर्न प्रधानमन्त्रीलाई अप्ठेरो परेको छ ।








