Comments Add Comment

Advertisment

SKIP THIS

एक पुरुष ९० बलात्कारका घटनामा दोषी ठहर

२३ कात्तिक , काठमाडौ । दक्षिण अफ्रिकाको एक अदालतले एक व्यक्तिलाई ९० वटा बलात्कारका घटनमा दोषी ठहर गरेको छ। जोहानेसबर्ग नजिकैको पाम रिजको अदालतले ३८ वर्षीया न्कोसिनाथी फाकाथीलाई मंगलबार सजाय सुनाएको हो ।

पीडितमध्ये अधिकांश स्कुले छात्रा छन्। तीमध्ये केही नौ वर्षसम्मका बालबालिका पनि समावेश छन्। उक्त घटनाले सम्पूर्ण देशलाई स्तब्ध बनाएको छ।

‘उनले आफ्ना पीडितहरूलाई बिहान वा बेलुका स्कुल जाने, फर्कने वा कामबाट फर्कने क्रममा निशाना बनाए। उनले आफ्नै घरमा पनि निशाना बनाए।’ राष्ट्रिय अभियोजन प्राधिकरणका प्रवक्ता लुम्का महन्जनाले एक विज्ञप्तिमा भनेका छन्।

‘उनी गिजर वा अन्य घरायसी उपकरण मिलाउन आएका इलेक्ट्रीशियन भएको बहाना गर्थे र बलात्कार गर्थे। कतिपय अवस्थामा एक पटकमा एक भन्दा बढी व्यक्तिलाई बलात्कार गर्दा अन्यलाई हेर्न बाध्य पार्थे।’ उनीबाट पीडित हुनेमा अधिकांश बालबालिका थिए। पीडितमध्ये ९ वर्षदेखि ४४ वर्षसम्मका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै