Comments Add Comment

Advertisment

SKIP THIS

भरूवा बन्दुक सहित पक्राउ

२१ कात्तिक, काठमाडौं । गौरीशंकर गाउँपालिका-६ चंखु बस्ने ३८ वर्षीय निमपासाङ शेर्पालाई १ थान भरूवा बन्दुक सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

निमपासाङ र सोही ठाउँ बस्ने उनकै काका नाता पर्ने पासाङ शेर्पाबिच झै-झगडा भएको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गौरीशंकरबाट खटिएको प्रहरीले पासाङ शेर्पासँग सोधपुछ गर्दा निमपासाङले सामान्य बादबिबादमा भरुवा बन्दुक बोकी आएको भन्ने बताएपछि निमपासाङलाई उनकै गाउँघरमा लुकीछिपी बसेको अवस्थामा उक्त बन्दुक सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment