२ फागुन, काठमाण्डौं । झापामा २४ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । शिवसताक्षी नगरपलिका–१० माईधार बस्ने २४ वर्षीय निकेश दाहाललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
निकेशले ती महिलालाई शिवसताक्षी नगरपलिका–९ संगम चोकस्थित जङ्गलमा लगी जबरजस्ती करणी गरेको भनन्े खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



