२ माघ , काठमाडौं । बागमती नगरपालिका-४ डाबरी टोलबाट अवैध लागूऔषध गाँजा २ सय ५० ग्राम सहित सोही ठाउँ बस्ने ३८ वर्षीय वीर बहादुर डिमडुङलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।