Comments Add Comment

Advertisment

SKIP THIS

बर्दिया प्रहरीले १० जुवाडेलाई नगदसहित पक्राउ

२८ पुष , काठमाडौ । बर्दिया प्रहरीले १० जुवाडेलाई नगदसहित पक्राउ गरेको छ।

बाँसगढी नगरपालिका-७ बड्की देउडाका दुलिचन थारूको घरबाट प्रहरीले मंगलबार १० जना जुवाडेलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बाँसगढी नगरपालिका-७ का दुलिचनसहित आइतबारी थारू, श्यामप्रसाद थारू, रामकुमार थारू, भागिराम कुमाल, सीताराम थारू, उपेन्द्र खड्का, मोहम्मद अलि, मनोजकुमार थारू र रविन्द्र सापकोटा रहेको बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए।

इलाका प्रहरी कार्यालय मोतिपुरको टोलीले नगद १ लाख ८२ हजारसहित उनहरूलाई पक्राउ गरेको कार्कीले जानकारी दिए। पक्राउ परेकाहरूलाई जुवा सम्बन्धी कसुरमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment