Comments Add Comment

Advertisment

SKIP THIS

अस्ट्रेलियामा अध्ययनरत नेपाली युवतीको चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ

४ फागुन, काठमाण्डौं । अस्ट्रेलियामा अध्ययनरत नेपाली युवतीको चरित्र हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले ती युवतीको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा प्रयोग गरी अश्लिल स्टाटस पोस्ट गरेको अभियोगमा रुपन्देही बुटवल उपमहानगरपालिका वडा नम्बर ११ देवीनगर बस्ने बर्ष २५ का  राजन श्रेष्ठलाई पक्राउ गरेको हो ।

श्रेष्ठले फेसबुकमा ती युवतीको फेक प्रोफाइल बनाइ अश्लिल तस्विर र भिडियो पोष्ट गर्दै अश्लिल स्टाटस लेखेका थिए । यस्तै पीडितको आफन्त लगायत साथीहरुलाई उक्त स्टाटस सेयर गरेर चरित्र हत्या गरेको उजुरीका आधारमा मंगलबार उनी पक्राउ परेका हुन् ।

अभियुक्तलाई जिल्ला अदालत काठमाडौंको अनुमतिले सात दिनको म्याद लिएर आवश्यक अनुसन्धान भइरहेको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै