Comments Add Comment

Advertisment

SKIP THIS

रास्वपाको चियापानमा दलका नेतादेखि कूटनीतिक नियोगका प्रमुखलाई निम्तो

६ असार ,काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले दलका नेताहरुलाई आमन्त्रण गरेको छ। पार्टी स्थापना दिवसको अवसरमा ७ असारमा गर्न लागिएको चियापानमा सबै दलको मूल नेतृत्वलाई बोलाइएको छ ।

रास्वपाले बालाजुस्थित पार्टी कार्यालयमा चियापान गर्न लागेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, विभिन्न दलका अध्यक्ष तथा सभापति, कूटनीतिक नियोगका प्रमुख, नीजि क्षेत्रका संघ संस्थाका प्रमुख लगायतलाई आमन्त्रण गरिएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

दलका प्रमुख सचेतक, सचेतकलाई पनि चियापानमा बोलाइएको छ ।बुर्लाकोटीका अनुसार कर्मचारीहरुलाई भने निमन्त्रणा गरिएको छैन।

दिउँसो १ बजेदेखि चियापान राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै