Comments Add Comment

Advertisment

SKIP THIS

लेक लागेर एक जनाकोे मृत्यु

२० माघ , काठमाडौं । पाँचथरमा लेक लागेर एक जनाकोे मृत्यु भएको छ । पाँचथरको उच्च पहाडी क्षेत्रमा फालेलुङ गाउँपालिकाको धुपीडाँडाँमा लेक लागेर ३१ वर्षीय विशाल मगरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार उनलाई फालेलुङ गाउँपालिका ५ का आहाल रहेको चौरी गोठमा जाने क्रममा लेक लागेको थियो ।

प्रहरीका अनुसार मृतकका भाइ विक्रम मगरले दाइलाई लेक लागेको कुरा प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्याल प्रङ्बुङको टोली घटनास्थल पुगेको थियो । प्रहरी घटनास्थल पुग्दा विशालको मृत्यु भइसकेको बताइएको छ ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक एवं सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै