Comments Add Comment

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

२१ चैत , कामठमाडौ । मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक चालकको मृत्यु भएको छ । बुढिगंगा गाउँपालिका-२ टंकीसिनवारीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

आइतबार राती साढे ९ बजे टंकीसिनवारी चोकमा को १७ प ७६७२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाइते २२ वर्षीय अनिस कार्की भएका थिए ।

मोटरसाइकल चालक इटहरी १९ खनारका कार्कीलाई उपचारको लागी विराट मेडिकल कलेज गंगाचोक लगिएकोमा उपचारको क्रममा राती पौने १० बजे मृत्यु भएको प्रहरीले बताएकाे छ । सोही मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment

छुटाउनुभयो कि? सबै